काँग्रेस केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति नेताहरुको असन्तुष्टि – Kanika Khabar
Sunday, April 19Nepali News Portal

काँग्रेस केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीप्रति नेताहरुको असन्तुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं

काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डँडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई गरेको कारबाहीप्रति नेताले असन्तुष्टि जनाउन गालेका छन् । अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया गलत भएको टिप्पणी गर्दै महाधिवेशन लक्षित राजनीति पनि सुरु भएको छ । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा लामो समय योगदान दिएका नेतालाई कारबाही गर्ने तर अन्य पार्टीबाट प्रवेश गराउने कुराले गलत सन्देश जाने टिप्पणी गर्नुभएको छ । काँग्रेस नेता मीनेन्द्र रिजालले योगदान दिएका नेताहरूलाई निष्कासन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्