प्रहरी समायोजन प्रस्ताव स्वीकृत, अब समायोजन प्रक्रिया सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रहरी समायोजन प्रस्ताव स्वीकृत, अब समायोजन प्रक्रिया सुरु

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।


उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा खारेज गर्दै उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर यो निर्णय गरेका हुन् । यस्तो निर्णयपश्चात अब उपत्यका प्रहरीको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन हुने भएको छ ।
प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको हो ।

हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय भएको छ ।

प्रहरी समायोजनाको विषय गृहले टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुनेछ । गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्