पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पर्सामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खवर
साउन १८, काठमाडौं
वीरगञ्जमा गएराति गरिएको परीक्षणमा थप ४५ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको जाँचको रिपोर्टमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले सङ्क्रमित सबै पर्सा जिल्लाका भएको सीआईएनसँग बताउनुभयो । समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको शङ्कामा बिभिन्न समुदायमा गरी करिब ५ सय जनाको स्वाव सङ्कलन गरी जाँच गर्दा ४५ जनामा कोरोना देखिएको सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको अभिलेख खोज्दै जाँदा शङ्का लागेका व्यक्तिको पनि स्वाब सङ्कलन गरिएको थियो । यसक्रममा वीरगञ्ज महानगर प्रमुख विजय सरावगीका परिवारका सदस्यमा पनि कोरोना देखिएको स्रोतले जनाएको छ । नारायणी अस्पतालको ल्याबबाट वीरगञ्ज महानगरभित्रका दैनिक ४० देखि ५० जनामा सङ्क्रमण भेटिने गरेपछि सङ्क्रमण र मृत्युको शृङ्खला कसरी तोड्ने भन्ने चिन्तामा स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा सरोकारवाला निकाय छन् । सङ्क्रमति मध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या, रुघाखोकी लाग्ने समस्या देखिने गरेको छ । ४० जना स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली आज वीरगञ्ज पुग्दैछ । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वयमा समस्या देखिएका कारण सङ्क्रमण र मृत्युदर बढेको डा उपाध्यायको भनाइ छ । भारतबाट नेपाल आउने सीमा नाकामा कडाइ नगरिए अवस्था झन् विग्रने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भने प्रदेश २ का जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जानुमा त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक व्यवहार र अनियन्त्रित आउजाउ कारण रहेको निष्कर्ष निकालेको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले सरकारले सङ्क्रमणको अवस्था हेरी लकडाउन अर्थात बन्दाबन्दीको स्वरूपमा जोखिममा रहेका जिल्लामा कडाइ गर्दै लैजाने तयारी गरेको जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्