प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

    मा प्रकाशित

कनिका खबर
साउन १९, धनुषा ।
बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएकोमा सबभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ । उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा दुई सय ५६, गण्डकी प्रदेशमा एक सय ६१, प्रदेश पाँचमा तीन सय ४८, कर्णाली प्रदेशमा एक सय ३९ र सुदुर पश्चिम प्रदेशमा दुइ सय वटा बलात्कार सम्बन्धी घटना भएको नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंहले सीआईएनलाइ जानकारी दिनुभयो । देशभर ६ सय ८७ वटा मुद्धा बलात्कार प्रयाससँग सम्बन्धी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्