समुदाय स्तरमै फैलिँदै कोरोना, १२ जिल्लामा निषेधाज्ञा, विभिन्न क्षेत्र सील – Kanika Khabar
Sunday, March 16Nepali News Portal

समुदाय स्तरमै फैलिँदै कोरोना, १२ जिल्लामा निषेधाज्ञा, विभिन्न क्षेत्र सील

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपालमा लगाइएको लकडाउन अन्त्य गरिएसंगै पछिल्लो समय नेपालमा यसको संक्रमणमा बृद्धि देखिएको छ ।
संक्रणको दरमा बृद्धि भएको र समुदाय स्तरमा कोरोना फैलिएको भन्ने कुरा विज्ञहरुले गरिरहदा अव कस्तो रणनीति अख्तियार गर्ने भन्नेबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रमुख प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञसँग परामर्श बैठक गरेका थिए । उक्त बैठकमा विज्ञहरुले बढ्दो संक्रमणबाट बच्न स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा लकडाउन फेरि गर्न विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
देशव्यापी लकडाउनलाई हटाएर सरकारले संक्रमण फैलिएका क्षेत्रमा सील गर्ने तथा जिल्ला, स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने नीति लिएको छ । जोखिमको अवस्थालाई हेरी संक्रमणको जोखिमलाई रोक्नका स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय लिनसक्ने अधिकारी दिएपति अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।
सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।
संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्