बालबालिका कुपोषिण्त हुने क्रम बढ्यो – Kanika Khabar
Friday, April 18Nepali News Portal

बालबालिका कुपोषिण्त हुने क्रम बढ्यो

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
विगतका वर्षहरु भन्दा यो वर्ष मुगुमा धेरै बालबालिकालाई कुपोषण भएको पाईएको छ । कुपोषित बालबालिकालाई अस्पतालमा ल्याएर उपचार गराउनेको सङ्ख्या बढ्न थालेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी पशुराम नेपालीले जानकारी दिए । सुचना अधिकारीको भनाई अनुसार अहिले जिल्ला अस्पतालमा दैनिक ४÷५ जना बालबालिको कुपोषणको उपचार हुने गरेको छ । साउन महिनामा मात्रै आज सम्म ३४ जना गम्भिर रुपले कुपोषित भएका बालबालिका अस्पताल आएका छन् भने ६० जना मध्यम खालका कुपोषण भएका बालबालिका उपचारका लागि आएको सुचना अधिकारी नेपालीको भनाई छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्