काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल – Kanika Khabar
Sunday, July 19Nepali News Portal

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

    मा प्रकाशित

कनिका खबर
साउन २४, काठमाडौं
एउटै टोलमा आठ जनालाई कोरोना सङ्क्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल अर्थात पूर्ण बन्द गरिएको छ । गहना पोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना सङ्क्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो । सङ्क्रमित नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । वडा अध्यक्ष डंगोलले अहिलेलाई सिल गरेको र आवश्यकता अनुसार थप निर्णय गर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च बन्दै गएको छ । देशकै केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको दर बढेको तथ्यांकले देखाउँछ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सात दिनभित्र कोरोना संक्रमितको संख्या धेरै बढेको छ । भारत सहित वैदेशिक रोजगारीको गन्तव्य मुलुकबाट स्वदेश फर्किने नेपाली बढेसँगै उपत्यकामा सङ्क्रमितको संख्या पनि बढेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्