प्रदेश ५ की सांसद केसीलाई कोरोनाको सङ्क्रमण – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

प्रदेश ५ की सांसद केसीलाई कोरोनाको सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन २५, काठमाडौं
प्रदेश ५ की सांसद कृष्णा केसीलाई नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा हिजो गरिएको जाँचमा केसीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिँदै उहाँले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गर्नुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा हिजो साँझ गरिएको पीसीआर परीक्षणमा बाँकेमा ७ जना महिलासहित २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका ९ घर भएकी सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । बाँकेमा पछिल्लो समयमा सर्वसाधारण नागरिकका साथै अग्रमोर्चामा खटिने व्यक्तिहरूमा कोरोना देखिएको छ ।

जिल्ला समन्य समिति प्रमुख, क्याम्पस प्रमुख, वडा अध्यक्ष, चिकित्सक, व्यापार सङ्घका पूर्व अध्यक्ष, पत्रकारलगायतमा कोरोना देखिएको छ । कोरोना सङ्क्रमण दर बढेपछि नेपालगञ्ज उपमहानगरपालिका आगामी मङ्गलवारसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्