महोत्तरीमा मृत्यु भएका पुरुषमा दुई दिन पछि कोरोना पुष्टि – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

महोत्तरीमा मृत्यु भएका पुरुषमा दुई दिन पछि कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
दुई दिन अघि मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मटिहानी नगरपालिका वडा नं. ६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो ।

आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । उनको सोही दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको थियो ।
मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारअनिमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्