गजल – Kanika Khabar
Friday, October 23Nepali News Portal

गजल

    मा प्रकाशित

रहर काटेर सपना बेचेर खुशी किन्ने मन मात्रै हो
कालान्तरमा काटिने पनि खुशी कै गर्धन मात्रै हो

मृत्यु सम्झेर व्यबहार गरौं जीवन सम्झेर बाचौ
मृत्यु सुनिस्चित छ अनिश्चित त जीवन मात्रै हो

आफ्नो लागि सबथोक गरे सरकारमा हुनेहरुले
गर्न बाँकी रहेको जन स्तरको परिवर्तन मात्रै हो

उनलाई देख्ने रहर नगर्दिए हुन्थ्यो यी आँखाले
त्यो रहर औचित्य बिनाको आन्दोलन मात्रै हो

म तिम्रो प्रतिद्वन्द्वी हु तिम्रो खातिर आफैं दुख्ने
नजिकिनु त औपचारिकताको समर्थन मात्रै हो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्