शैक्षिक गतिविधि नगर्न निर्देशन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

शैक्षिक गतिविधि नगर्न निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २२, दाङ ।
घोरही उप महानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यालयहरुलाई कुनै पनि शैक्षिक गतिविधि अगाडि नबढाउन निर्देशन दिएको छ । आइतबार बसेको घोराही उपमहानगरपालिकाको परीक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले संघीय सरकारबाड लकडाउन घोषणाको अवधिभर अर्को आदेश नभएसम्मका लागि नतिजा प्रकाशन, पाठ्यपुस्तक व्यवस्थापन एवम् विद्यार्थी भर्ना कार्यक्रम नगर्न नगराउनका लागि निर्देशन दिएको थियो ।

केही विद्यालयले परीक्षाको नतिजा प्रकाशन गरेको भए पनि अब अन्य शैीक्षक गतिविधिलाई अगाडि नबढाउन महाशाखाले अनुरोध गरेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्