दीपमाला बनिन् मिस नेपाल – Kanika Khabar
Saturday, August 1Nepali News Portal

दीपमाला बनिन् मिस नेपाल

    मा प्रकाशित

काठमाडौँ । दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छन्।

शनिबार द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा ढकाललाई यस बर्षको मिस नेपाल घोषणा गरिएको हो ।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ समेत बनेकी थिइन् । उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन संस्था ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् । उनी तेक्वान्दोकी खेलाडी, र्‍याम्प मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविका पनि हुन् । दीपमालाको परिवारसँग पनि मिस नेपालको विशेष सम्बन्ध रहेको छ । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् ।

यसैगरी आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि जितेकी छन् भने काशिश सुब्बाले मिस नेपाल कोस्मो उपाधि जितेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्