अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु – Kanika Khabar
Saturday, August 15Nepali News Portal

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

    मा प्रकाशित

धनगढी । अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु १ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी करिब ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । उपचारका क्रममा बोगटीको दिउँसो १: १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्