थारुजातिका लागि तुलसीपुर ऐतिहासिक नगरः नगरप्रमुख पाण्डे – Kanika Khabar
Friday, April 26Nepali News Portal

थारुजातिका लागि तुलसीपुर ऐतिहासिक नगरः नगरप्रमुख पाण्डे

    मा प्रकाशित

कनिका खबर

भदौ ७ तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थारु जातिका लागि तुलसीपुर ऐतिहासिक नगर भएको उल्लेख गरेका छन् । थारु राजा दंगिशरणको ऐतिहासिक दरबार यसै उपमहानगरपालिकाभित्र पर्ने भएको भन्दै तुलसीपुर थारु सँस्कृतिका लागि खुला पुस्तकालय भएको समेत उनले उल्लेख गरेका छन् ।
थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसर पारेर शुभकामना सन्देश सम्प्रेषण गर्दै नगरप्रमुख पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतीले अनेकतामा एकताको सन्देश सम्प्रेषण दिएको उल्लेख गरेका छन् । “यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउनका लागि महत्वपूर्ण भुमिका खेलेको हुन्छन् ।” शुभकामना सन्देशमा लेखिएको छ ।
तुलसीपुरमा थारु जातिको बाहुल्यतालाई दृष्टिगत गरेर थारु भाषाको स्थानीय पाठ्यक्रम निर्माणका साथै कार्यालयको कामकाजको भाषा वनाउने प्रक्रिया समेत अगाडी वढेको उनले सन्देशमा वताएका छन् । “थारु राजा दंगिशरणले पाच पाण्डवको सहयोगमा शत्रुहरुलाई परास्त गरेको किंवदन्तिसँग जोडिएको यो पर्वले थारु समुदायमा निकै नै महत्व राख्ने गर्दछ ।” शुभकामना सन्देशमा उनले लेखेका छन् ।
कोरोना महामारीको संक्रमणलाई लक्षित गरेर सबैले स्वास्थ्य नियमहरुको पालना गरेर यो पर्व मनाउनका लागि पनि आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्