क्यान्सर पीडित श्रीमतीको ज्यान बचाउन अपिल – Kanika Khabar
Monday, November 17Nepali News Portal

क्यान्सर पीडित श्रीमतीको ज्यान बचाउन अपिल

    मा प्रकाशित

दाङ, ११ भदौ ।

‘क्यान्सर पीडित, जो पैसाको अभावमा छटपटाउन विवश छन् ।’ यस्तो खबर सुन्दा जो कोहोलाई पनि न्यस्रोपना हुन्छ ।

यस किसिमको समस्याबाट एक जना मात्र होइन, कयौँ समस्या छन् । कतिको समस्या बाहिर आउँछन् । कतिको आउन पाउदैनन् । त्यसै पीडादायी भएर हराउन विवश हुन्छ ।

यस्तै समस्या आजको समयमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लोहासुरका एक परिवारमा पनि परेको छ । दुई छोरीसहित ४ जनाको परिवार, कमाउने कोही छैन ।

त्यसैमा अहिले श्रीमतिको पाठेघर क्यान्सर भएपछि खोपिराम केसी समस्यामा परेका छन् । श्रीमति सरिता श्रेष्ठ (केसी)मा पहिलेदेखि नै समस्या देखिएपनि असारमा मात्र क्यान्सर पत्ता लागेकोमा अहिलेसम्म उपचारका क्रममा ५ लाख भन्दा बढी सकिएको छ ।

क्यान्सर रोग पीडित सरिता श्रेष्ठको अहिले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलमा उपचार भईरहेको छ । ‘अब क्यान्सरको अप्रेसन गर्नु पर्ने समय भएको अस्पताले भनेको छ तर पैसा छैन’–खोपिरामले भने–‘पीडामाथि थप पीडा थपिएको छ ।

‘यही भदौको २४ गते अस्पतालमा अप्रेसन हुने भनिएको छ, तर पैसाको अभावमा रोकिने होकि भन्ने पिरले सताउन थालेको छ ।’ उनले आफ्नो श्रीमतिको ज्यान बचाउन सहयोगको अपिल समेत गरेका छन ।

‘‘सुन्छु अप्रेसन गर्दा १५/२० लाख लाग्छ रे, अस्पतालले केही पनि भनेको छैन कति लाग्ने हो, अप्रेसन गर्ने मिति नजिकीदै छ’, उनले भने–‘ पैसा जम्मा गर्न सकिएको छैन, कही कतैबाट सहयोग हुन्छ कि भन्ने आश लिएर हजुर सामु अनुरोध गरेको हुँ ।’ यस्तै छोरी रस्ना केसीले पनि आफ्नो आमाको ज्यान बचाइदिन अपिल गरेकी छिन । भएको सम्पति पनि बेचेर उपचार गर्दा सकिएको भन्दै अब थप उपचार गर्न आफुहरुलाई समस्या परेको बताए ।

उनले सहयोगी मनहरुलाई आफ्नो ग्लोवल आईएमई बैंकको खाता नम्बर ४१०७०१००१२५४ मा सहयोग गर्न सक्ने बताए । अथवा सिधा सम्पर्क गरेर पनि सहयोग गर्न सक्ने बताए । जसका लागि ९८६७३४८०७३ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्