काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै

    मा प्रकाशित

कनिका खबर
भदौं १४, काठमाडौं
काठमाडौं उपत्यका अहिले कोरोना भाइरस सङ्क्रमण को मुख्य केन्द्र बनेको छ । सङ्क्रमणको संख्या ५ हजार पुगेको छ । भदौ ७ मा काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमिता ३ हजार ९८ जना थिए । एक सातामा त्यो संख्या बढेर ५ हजार पुगेको छ । सङ्क्रमित मध्ये उपत्यकाका विभिन्न अस्पतालको आईसीयुमा ६१ जना छन भने ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उपत्यकामा भाइरस सङ्क्रमितमध्ये सबैभन्दा धेरै नक्साल क्षेत्रमा रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानगर १ मा पर्ने यस क्षेत्रमा शनिबारसम्म करिब ३ सय जनामा भाइरस पुष्टि भइसकेको छ । यस्तै वडा नं ३ मा पर्ने महाराजगन्ज क्षेत्रमा २ सयभन्दा बढी वडा नं ३२ मा पर्ने कोटेश्वरमा पनि संक्रमितको संख्या २ सय नाघिसकेको छ । उपत्यकाभित्र नयाँ बानेश्वर, कालिमाटी, कलंकी र बालाजु पनि सङ्क्रमितको संख्या उल्लेख्य छ । संक्रमण बस्ती बस्तीमै देखिएकाले भदौ ३ देखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका बिचमा पनि सङ्क्रमण घटेको छैन । हिजो भने अस्तिको तुलनामा आधाभन्दा बढी घटेको छ । अस्ति ४ सय १५ जना थिए हिजो घटेर १ सय ८६ जनामा सङ्क्रमण देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्