गजल – Kanika Khabar
Sunday, April 28Nepali News Portal

गजल

    मा प्रकाशित

बनाउन सक्दैन तक्दिर आफै फूलले पनि
कहिल्यै रोज्दैन मैदान र भिर आफै फूलले पनि

जो कोहिले बच्चालाइ फूल सम्झेर हेरचाह गर्नु
उच्च राख्दैन मालिको शिर आफै फूलले पनि

सियो धागो चाहिन्छ एउटा माला बनाउन पनि
माला बन्न उनिनु पर्छ आखिर आफै फूलले पनि

कहिल्यै अबोध माथी धर्मको राजनीति नगरिदिनु
चिन्दैन चर्च मस्जिद र मन्दिर आफै फूलले पनि

आफैं मरेर अरुलाइ मृत घोषणा गरिरहेको छ
स्पर्श गरेपछि मुर्दाको शरीर आफैं फूलले पनि ।।

©नयन अधिकारी
भरतपुर ,चितवन

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्