गजल – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

गजल

    मा प्रकाशित

बनाउन सक्दैन तक्दिर आफै फूलले पनि
कहिल्यै रोज्दैन मैदान र भिर आफै फूलले पनि

जो कोहिले बच्चालाइ फूल सम्झेर हेरचाह गर्नु
उच्च राख्दैन मालिको शिर आफै फूलले पनि

सियो धागो चाहिन्छ एउटा माला बनाउन पनि
माला बन्न उनिनु पर्छ आखिर आफै फूलले पनि

कहिल्यै अबोध माथी धर्मको राजनीति नगरिदिनु
चिन्दैन चर्च मस्जिद र मन्दिर आफै फूलले पनि

आफैं मरेर अरुलाइ मृत घोषणा गरिरहेको छ
स्पर्श गरेपछि मुर्दाको शरीर आफैं फूलले पनि ।।

©नयन अधिकारी
भरतपुर ,चितवन

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्