बैतडीका २६ हजार बढी घरधुरी बिद्युत सेवाको पहँुच बाहिर – Kanika Khabar
Saturday, May 4Nepali News Portal

बैतडीका २६ हजार बढी घरधुरी बिद्युत सेवाको पहँुच बाहिर

    मा प्रकाशित

कनिका खबर
भदौ २३, बैतडी
बैतडीका करिव २६ हजार बढी घरधुुरी बिद्युत सेवाबाट बञ्चित रहेका छन् । नेपाल बिद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार २६ हजार ८ सय घरधुरी बिद्युत सेवाबाट बञ्चित भएका हुन । जिल्ला भरी ४२ हजार घरधुरी रहेकोमा १५ हजार २ सय घरधुरीमा मात्रै बिद्युत सेवा बिस्तार भएको नेपाल बिद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहन देव जोशीले जानकारी दिनुभयो । बिद्युतीकरण नहुँदा साँझ बिहान घरयासी काम गर्न र बिद्यार्थीहरुलाई पढ्न समस्या हुने गरेको सिगास ७ का स्थानीय बिर बहादुर ऐरले बताउनुभयो । दीगो बिकासको लक्ष्य अनुसार सन् २०३० सम्म धान्न÷किन्न सकीने भरपर्दाे र आधुनिक उर्जा सुविधाहरुमा सर्वब्यापी पहुँच सुनिश्चिता गर्ने उल्लेख गरिएको भए पनि बैतडीमा अझै २६ हजार ८ सय घरधुरी बिद्युत सेवाको पहुँच भन्दा बाहिर रहेका छन् । गत आर्थिक बर्षमा १ हजार ८ सय घरधुरीमा बिद्युत बिस्तार गरिएको बिद्युत प्राधिकरण बैतडीका प्रमुख जोशी जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्