ट्रिनबागो र सेन्ट लुसिया सीपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा – Kanika Khabar
Saturday, May 4Nepali News Portal

ट्रिनबागो र सेन्ट लुसिया सीपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलाबाज पराजित भएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । अब ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ । आज बिहान भएको दोश्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई १० विकेटले हराएको हो । फाइनल खेल बिहीबार हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्