चार वर्षसम्म पनि बन्न सकेन झोलुङ्गे पुल – Kanika Khabar
Sunday, May 5Nepali News Portal

चार वर्षसम्म पनि बन्न सकेन झोलुङ्गे पुल

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, मुगु
मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ४ फोतु गाउँ र हुम्लाको जैरकोट जोड्नका लागि चार वर्ष अघि निर्माण थालिएको झोलुगें पुल हालसम्म निर्माण हुन सकेको छैन । मुगु सोरु गाउँपालिकाका स्थानीयवासीले झोलुगें पुल बनाउन खोजे पनि हुम्लाका जैरकोटका स्थानीयवासीले अहिलेसम्म पुल निर्माण गर्न नदिएको झोलुगें पुल निर्माण समिति फोतुका अध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो । हुम्ला र मुगुको सिमाना रहेको हुम्ला कर्णाली नदिमा चार वर्ष अगाडी झोलुगें पुल निर्माण कार्य सुरु भएको तथा पुलका लागि सबै सामान आए पनि हुम्लाका जैर गाउँका नागरिकले पुल निर्माण गर्न नदिएपछि पुलमा प्रयोग हुने सामाग्री समेत अलपत्र भएको समितिका अध्यक्ष शाहीले बताउनुभयो । झोलुगें पुल निर्माण भएपछि आफ्नो वनबाट घाँस दाउरा चोरी हुने भन्दै हुम्ला जैर गाउँका नागरिकले पुल बनाउन नदिएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्