बालिकालाई सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

बालिकालाई सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, ओखलढुङ्गा
ओखलढुंगामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् । पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताउनुभयो । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्