वडा अध्यक्ष बेपत्ता, अपहरण भएको आशङ्का – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

वडा अध्यक्ष बेपत्ता, अपहरण भएको आशङ्का

    मा प्रकाशित

कनिका खबर
असोज १२, सल्यान ।
सल्यानको एक स्थानीय तहका वडाध्यक्ष बेपत्ता भएका छन् । जिल्लाको शारदा नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत हिजो आइतबार साँझबाट बेपत्ता भएका हुन् । उनी अपहरणमा परेको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको बताएका छन् । उनले आफुले परिवारका सदस्यसंग छलफल गरिरहेको र अनुसन्धान जारी रहेको बताए । उनी आइतवारदेखि घर नगएपनि परिवारका सदस्यसंग फोन सम्पर्क भने गर्दै आएको प्रहरीले बताएको छ । वडाध्यक्ष रावतले आइतवारपनि घर परिवारलाई घर नआउने र सोमवार मात्रै घर फर्किने बताएका थिए ।

तर फेरि सोमवार फोन गरेर उनले आफ्नो खातामा २० हजार रुपैंया राखिदिन आग्रह गरेको प्रहरीले बताएको छ ।
उनले मंगलवार मात्रै आफु घर फर्किने बताएको भएपनि कहाँ छु भन्ने कुरा भने खुलाएका छैनन् । त्यही भएर उनी अपहरणमा परेको आशंका भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्