अहिले बसोबास गरिरहेको स्थानबाट दसैँ मनाउन सरकारको आग्रह – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

अहिले बसोबास गरिरहेको स्थानबाट दसैँ मनाउन सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
सरकारले अहिले बसोबास भइरहेको स्थानबाट यसपालीको दसैँ मनाउन अपिल गरेको छ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँका लागि यात्रा नगर्न आग्रह गरेको हो । कोरोना भाइरस सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो यस्तो आग्रह गर्नुभएको हो । साथै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोनाका सङ्क्रमित थपिने क्रम दैनिक रुपमा बढिरहेको छ । हिजो काठमाडौँका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्