समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौं

सरकारले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबार हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिनुभयो । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्