एजेन्सी ।
अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । आज उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन सीएसआईआरओ का अनुसन्धादाताले २० डिग्री सेल्सियस ९६८ डिग्री फरेहनहाइट तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका हुन् ।
मा प्रकाशित