कनिका खबर
असोज २९, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी तोकिएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको छ । कृष्णगोपाल श्रेष्ठले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । प्रधानमन्त्रीले मन्त्रीपरिषदका सदस्य र जिम्मेवारी हेरफेर गर्नुअघि हिजो पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग पनि छलफल गर्नुभएको थियो । अध्यक्ष प्रचण्डलाइ यसबारेमा जानकारी भएको भएपनि सहमति भने नभएको बिषय बाहिरिएको छ । यससंगै नेकपा भित्रको विवाद झन् बढ्न सक्ने देखिएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण भने आज हुँदै छ ।
मा प्रकाशित