नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक अनिश्चित – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक अनिश्चित

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने–नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो ।

तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए ।
‘बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।
नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले हिजो महासचिवले प्रधानमन्त्री तथा अध्यक्षसँग भेटवार्ता गरेको र आज कार्यकारी अध्यक्षसँगको छलफलपछि बैठकबारे थाहा हुने बताए । ‘हिजो प्रधानमन्त्री तथा अध्यक्षसँग महासचिवले छलफल गर्नुभएको छ । आज अर्का अध्यक्षसँग पनि छलफल गर्ने बुझिएको छ । त्यो छलफलपछि बैठकबारे ठोस धारणा सार्वजनिक होला’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘आधिकारिक व्यक्ति नबोल्दासम्म यही हुन्छ भन्न सकिँदैन ।’
बरु नेकपामा एकपछि अर्को विवाद देखिन थालेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच साझा मापदण्ड बन्न नसक्दा असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड र ओलीबीच कर्णाली विवादबारे फरकफरक दृष्टिकोण सार्वजनिक हुन पुगेका थिए । त्यसपछि ओली र प्रचण्डबीच मतभेद बढेको अड्कलबाजी भइरहेका बेला भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्तापछि थप आशंका बढ्न पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्