लमही नगरपालिकाभित्रका सबै विद्यालयहरु मंसिर १ गतेसम्म बन्द – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

लमही नगरपालिकाभित्रका सबै विद्यालयहरु मंसिर १ गतेसम्म बन्द

    मा प्रकाशित

सरद सागर देबकोटा
कार्तिक १५ लमही ।
लमही नगरपालिकाभित्रका सबै बिद्यालयहरु मंसिर १ गते सम्मका लागि बन्द गरिएको लमही नगर पालिकाले जनाएको छ ।कोभिड -१९ को संक्रमण बढ्दै गइरहेको र जोखिम पनि उतिकै रहको भन्दै बिद्यालयहरु मंसिर १ गते सम्म स्थगन हुने भएका हुन । लमही नगरपालिकाको शिक्षा समितिको आज शनिबार बसेको बैंककले यस्तो निर्णय गरिएको हो ।।यस अघि बिजया दशमीको अबसरमा कार्तिक १५ गते सम्म सम्पुर्ण बिद्यालयहरुको पठनपाठन स्थगन गर्ने र १६ गते देखि सबै बिद्यालयहरु संचालन गर्न लमहि नगर पालिकाले निर्देशन दिएको थियो । बिद्यालयमा पठनपाठन स्थगन भए पनि बिद्यालयको प्रशासनिक कार्य गर्न र लमही न,पा,को सबै निर्देशन हरु पालना गर्न भनिएको छ । लमही नगरपालिका शिक्षा समितिको आज शनिबार बसेको बैंककले यस्तो निर्णय गरेको लमही नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रबिन्द्र क्षेत्रीले जानकारी दिएका छन्।लमही नगरपालिका कार्यकारी अधिकृत नोखिराम ओलीद्वारा आज शनिबार सुचनामा जारी गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्