अमेरिकाको ४६ औँ राष्ट्रपतिमा बाइडेन विजयी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा बाइडेन विजयी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।
संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । उनी डेमोक्रेटिक पार्टीका हुन् ।

बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए।

१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्