तिहारको अवसरमा रामेछापमा देउसी भैलो खेल्न नपाईने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

तिहारको अवसरमा रामेछापमा देउसी भैलो खेल्न नपाईने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, रामेछाप
तिहारको अवसरमा रामेछापमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको आयात, सञ्चय र प्रयोग तथा जुवातास खेल्ने र खेलाउने कार्यमा समेत निषेध गरिएको उल्लेख छ । जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढिरहेको सन्दर्भमा प्रजिअ शर्माले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गर्नुभएको छ । सूचनाको बर्खिलाप गरेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रमण ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्