सबैभन्दा बढी भ्रष्ट सांसद र सरकारी कर्मचारी : ट्रान्सपरेन्सी इन्टरनेशनल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सबैभन्दा बढी भ्रष्ट सांसद र सरकारी कर्मचारी : ट्रान्सपरेन्सी इन्टरनेशनल

    मा प्रकाशित

मंसिर १०, काठमाडौँ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको एक सर्वेक्षणमा सांसद र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्ट भएको मत व्यक्त गरिएको छ ।
इन्टरनेसनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणमा आधारित ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार नेपालका नागरिकले सांसद र कर्मचारीलाई सबैभन्दा बढी भ्रष्टाचारी रहेको मत व्यक्त गरेका छन् । जसमा उत्तरदाताले समान ४३÷४३ प्रतिशत मत दिएका छन् । त्यस्तै, ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् ।
सर्वेक्षण अनुसार ८४ प्रतिशतले सरकारी भ्रष्टाचारलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिएका छन् । जब कि सरकारी भ्रष्टाचारलाई प्रमुख समस्या मान्नेहरूमा चीनमा ६२, दक्षिण कोरियामा ५५, म्यान्मारमा ५० र कम्बोडियामा जम्मा ३३ प्रतिशत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्