गजल – Kanika Khabar
Friday, May 3Nepali News Portal

गजल

    मा प्रकाशित

रोकिँदैनन् अश्रुभेल बगिरहन्छन्।
नाता टुटे यादहरू बाँकी रहन्छन्।

परिपूरक बन्नुपर्थ्यो एक(अर्कामा,
किनाराबिना कहाँ नदी रहन्छन्।

फूल जस्तो हुनुपर्ने आफन्तहरू,
काँडा जस्तै बनेर घोचिरहन्छन्।

फर्की आउँछु भनेर जानेहरू हो,
नगर्नु घात पर्खिने पर्खिरहन्छन्।

आफैँमा विश्वास गर्नु, हिँडिरहनु,
खुट्टा तान्नेहरूले तानिरहन्छन्।

मुटुमा बसेर मन दुखाउनेहरू,
निस्किएर जाँदैनन् बसिरहन्छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्