मा प्रकाशित
दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको खोटेह्याङ्ग गाउँपालिका(१ घर भई काठमाडौंको चावहिल बस्ने ३० वर्षीय मनोज मगर, सोही ठाउँका ३० वर्षीय रवन बस्नेत र उदयपुरको रौतामाई गाउँपालिका(१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका नारायणटार बस्ने ३४ वर्षीय केशरबहादुर मगर रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका(५ स्थित नारायणटारबाट रेड पाण्डाको छालासहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो