काङ्ग्रेसले आन्दोलनको नेतृत्व लिने समय आयो : डा. भट्टराई – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

काङ्ग्रेसले आन्दोलनको नेतृत्व लिने समय आयो : डा. भट्टराई

    मा प्रकाशित

५ माघ, काठमाडौं ।
समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान बचाउनको लागि काङ्ग्रेसले नेतृत्व गर्नुपर्ने बेला भएको बताएका छन् । ‘संविधानमाथि संकट आयो अब काङ्ग्रेसले आन्दोलनको नेतृत्व गर्नुपर्ने समय आएको छ ।’ उनले बताए ।

आज सोमबार गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले यस्तो बताएका हुन् । उनलेभने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले अदालतसमेत परीक्षाको घडीमा रहेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्