प्रवल विष्टको ‘चल्दैन चल्दैन …’(भिडियोसहित) – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्रवल विष्टको ‘चल्दैन चल्दैन …’(भिडियोसहित)

    मा प्रकाशित

गजलकार तथा गीतकार प्रवल विष्टको आधुनिक गीत ‘चल्दैन चल्दैन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवापुस्ताको प्रेमलाई विषयवस्तु बनाएर सिर्जना गरिएको लोकप्रिय आधुनिक गीतको म्यूजिक भिडियो निर्माण भएको हो ।

गजल अभियान दाङका संयोजक समेत रहेका विष्टले सिर्जना गरेको गीतमा दाङ निवासी विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । गीतमा गायक नरेन्द्र प्यासीको स्वर रहेको छ । विष्टको ‘अनमोल’ गीत तथा गजल संग्रहमा रहेको आधुनिक गीत करिब एक वर्ष अघि रेकर्ड गरिएको थियो । उक्त आधुनिक गीतको अहिले म्यूजिक भिडियो निर्माण गरिएको गीतकार प्रवल विष्टले जानकारी दिएका छन् ।

‘युवापुस्ताको मायाप्रेमलाई विषयवस्तु बनाएर करिव एक वर्ष अघि नै गीत रेकर्ड भएको थियो, तर म्यूजिक भिडियो बन्न सकेको थिएन’–गीतकार विष्टले भने–‘आधुनिक गीतलाई सबैले मन पराइदिएपछि अहिले म्यूजिक भिडियो निर्माण गरेका हौँ ।’ युवापुस्तामा लोकप्रिय गजल तथा गीतकारका रुपमा रहेका विष्टका ५ दर्जन बढी गीत तथा गजलहरु रेकर्ड भएका छन् ।

म्यूजिक भिडियोमा मोडल सनम कठायत र सुप्रिया थापाले मोडलिङ गरेका छन् । म्यूजिक भिडियोको निर्देशन जनक सिंहले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीतको एरेञ्ज देवेन्द्र नेवाले गरेका छन् । गीतको म्यूजिक भिडियो एभरेष्ट ग्यालरी युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्