फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै पनि गतिबिधि नगराैँ : उच्च अदालत तुलसीपुर – Kanika Khabar
Sunday, May 5Nepali News Portal

फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै पनि गतिबिधि नगराैँ : उच्च अदालत तुलसीपुर

    मा प्रकाशित

दाङ, फागुन १३ ।

दाङकाे उच्च अदालत तुलसीपुरले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै पनि गतिबिधि सञ्चालन नगर्न आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले बिहीवार दिउँसो तत्कालका लागि फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै पनि गतिबिधि सञ्चालन नगर्न ओदश दिएको अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

अदालतले फागुन १६ गते बिपक्षी बनाइएका मध्य खानेपानीका अध्यक्ष, कार्यसमिति, खानेपानी संस्थाको कार्यालय, निर्वाचन समिति र तुलसीपुरका मेयरलाई समेतलाई अदालतमा छलफलका लागि उपस्थित हुन आदेश समेत गरेको सूचना अधिकारी भण्डारीले बताए ।

तुलसीपुर खाने पानी संस्थाकी पूर्व कर्मचारी तथा उपभोक्ता एमुना शाहले बुधवार उच्च अदालत तुलसीपुरमा खानेपानी संस्थाले साधारण सभा समेत नगरी संस्थाको नयाँ नेतृत्व चुन्न निर्वाचन गर्न खोजेको भन्दै त्यो रोक्न माग गर्दै निवेदन दिएकी थिइन ।

सोही निवेदन माथि सुनवाई गर्दैै बिहीवार अदालतले तत्कालका लागि १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनैपनि गतिबिधि नगर्ने आदेश दिएको हो । तुलसीपुर खाने पानीको नयाँ नेतृत्व चुन्न फागुन २२ गते मतदानको मिति यसअघि नै सार्वजनिक भइसकेको छ ।

निर्वाचन समितिले फागुन ११ गते निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । जसमा फागुन ११ गते मतदाता नामाबली प्रकासित,१४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने,फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी बिरोध गर्न पाउने समय प्रदान गरिएको छ ।

त्यस्तै फागुन १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने र सोही दिन नै उम्मेदवारहरुलाई मतदान चिन्ह प्रदान गर्ने उल्लेख छ । निर्वाचन तालिकामा फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्न खानेपानी भित्र सात हजार दूई सय ४६ जना उपभोक्ताले मताधिकार पाएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्