शनिवारदेखि खुला भलिबल प्रतियोगिता सुरु हुँदै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

शनिवारदेखि खुला भलिबल प्रतियोगिता सुरु हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन १४ तुलसीपुर दाङ ।
दाङ तुलसीपुर अरनिको मैदानमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता २०७७ भोलि शनिवारदेखि सुरु हुँदैछ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालन हुन लागेको प्रतियोगिता को बिहान १२ बजे उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना अमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १५ बढी टिमको सहभागिता रहने नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिने प्रतियोगिताको बिजेता,उपबिजेता,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख,५० हजार २५ हजार र १५ हजार तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी हरु लाई पुरस्कृत गरिने नेपाल गणतान्त्रिक खेलकुद महासंघ का केन्द्रीय महासचिव बिनोद चन्दले जानकारी दिनु भएको छ ।
यसैविच आयोजक ले प्रतियोगिताको उद्घाटन समारोह लाई भब्य एवं सभ्य बनाउन खेलप्रेमी,खेलाडी,समाजसेवी,बुद्धिजीवी,उधोगी, ब्यबासायी, नागरिक समाज,पत्रकार लगाएत सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्