पशुपतिकाे जलहरीकाे आलोचना नगराैँ, मैल श्रीमतीलाई झुम्के बुलाकी हालिदिएकाे हाेइन : प्रधानमन्त्री – Kanika Khabar
Saturday, May 4Nepali News Portal

पशुपतिकाे जलहरीकाे आलोचना नगराैँ, मैल श्रीमतीलाई झुम्के बुलाकी हालिदिएकाे हाेइन : प्रधानमन्त्री

    मा प्रकाशित

फागुन १८, झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथकाेे मन्दिरमा सुनकाे जलहरी लगाउँदा खर्च भएकाे रकमकाे आलाेचना नगर्न सुझाएका छन् ।

आज मंगलबार झापाकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलहरी बनाउन खर्च भएकाे  ३० करोड रुपैयाँको बचाउन  आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभएको बताएका हुन् । प्रधानमन्त्री  ओलीले भने– ‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नि । पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कुण्डली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो ।’

उनले थपे– ‘ यस वर्षको बौद्ध जयन्ती लुम्बिनीको विशाल हलभित्र मनाउने हाे ।´
 प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि धेरै हवाई मैदानहरु बनाएको उल्लेख गरे । उनले युगान्तकारी काम गर्दै एउटा युगको सुरुवात गरेको दावी गरे ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्