मा प्रकाशित
फागुन १९, काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् । संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए ।
तर आज चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री पदको प्रस्ताब आए पछि नहट्ने बताए । त्यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका थिए ।