सुर्खेतमा पेस्तोलसहित युवक पक्राउ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सुर्खेतमा पेस्तोलसहित युवक पक्राउ

    मा प्रकाशित

फागुन २४, सुर्खेत  ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो ।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडा स्थित राधाकृष्ण मन्दिर नजिक उनकै अजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ । निजलाई हातहतियार तथा खर खजानासम्बन्धी कसुर मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । रासस
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्