दाङमा श्रीमानले गरे श्रीमतीको हत्या – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङमा श्रीमानले गरे श्रीमतीको हत्या

    मा प्रकाशित

दाङ, १४बैशाख ।

दाङमा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ढुङ्गाले हानेर दाङकाे तुलसीपुरमा श्रीमतीको हत्या गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैै निबासी २५ बर्षका पदम पोख्रेलले २४ बर्षकी श्रीमती विपना रेग्मी पोख्रेललाई करिब रातको आठ बजे ढुङ्गाले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

श्रीमानले टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएकी विपनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीलेे बताएको छ । विपनाकी ४ बर्षीया छोरी छन् । हत्या गर्ने श्रीमान फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी सिंहले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्