दाङमा एम्बुलेन्सको मनोमानी रोक्न अनुगमनका लागि समिति गठन – Kanika Khabar
Sunday, April 28Nepali News Portal

दाङमा एम्बुलेन्सको मनोमानी रोक्न अनुगमनका लागि समिति गठन

    मा प्रकाशित

दाङ, २२ बैशाख ।
पछिल्लो समय दाङमा एम्बुलेन्समा चलेको मनोमानीलाई रोक्न अनुगमन समिति गठन भएको छ । कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्सले आफूखुशी मनपरी भाडा उठाउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा अनुुगमन समिति गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाईटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरि अनुगमन समिति गठन गरिएको हो ।

अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा संक्रमित तथा अन्य बिरामीलाई ठग्ने गरेको पाइएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्ला एम्बुलेन्स समितिले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न उनले आग्रह गरे ।

साथै कोरोनाको जोखिम मोलेर काम गर्नुपर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालय दाङले एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिदिने निणर्य गरेको छ । नाफारहित उद्देश्य लिएर विभिन्न संघसंस्थाहरूले एम्बुलेन्स सेवा दिइरहेको भए पनि कोरोनाको यो जटिल समयमा चालकले मनपरि भाडा लिने गरेको सर्बसाधारणले गुनासो गरेपछि अनुगमन समित बनाईएको हो ।

हिजो बुधबार मात्र एम्बसलेन्समा चलेको मनपरीको विषयलाई लिएर सामाजिक अभियन्ता शिशिर अधिकारीले दाङका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र लेखेका थिए । कनिका खबर लगायत केही सञ्चार माध्यमले उक्त पत्रलाई समाचार सामग्रीका रुपमा प्रकाशन गरेका थिए ।
यो पनि पढनुहोस्

शिशिरले गराए दाङका सिडियाेकाे ध्यानाकर्षण

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्