पालना गर्दैनन् स्वास्थ्य मापदण्ड : ‘मास्क लगाउँदा नाकमुख छोपिदा गर्मी हुने भएका भर्खरै तल झारेको जवाफ फर्काउछन्’ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पालना गर्दैनन् स्वास्थ्य मापदण्ड : ‘मास्क लगाउँदा नाकमुख छोपिदा गर्मी हुने भएका भर्खरै तल झारेको जवाफ फर्काउछन्’

    मा प्रकाशित

शिवु खनाल

दाङ, २४ बैशाख ।

दाङमा कोरोना संक्रमितको संख्या दिन दिनै बढिरहेको छ । अधिकांश कोरोनाका संक्रमितमा लक्षण देखा परेको छ । अस्पतालहरूमा गम्भीर प्रकृतिका विरामीहरू मात्रै भर्ना गरिएको छ । अस्पतालमा पुगेका संक्रमितलाई अक्सिजन अनिवार्य गरिने भएको छ । दाङमा बैशाख महिनाबाट अहिलेसम्म २१ सय गते २९ जना संक्रमित पुष्टि भइसकेको छ । संक्रमण फैलिन नदिन एवम् कोरोना नियन्त्रण गर्न दाङमा बैशाख १७ गतेदेखि पूर्णरूपमा लकडाउन गर्ने गरियो । योसंगै हालसम्म दाङमा संक्रमित छ हजार तिनसय अठार पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसमध्ये हालसम्म चारहजार एकसय सत्रजना निको भइ घर फर्किएका छन् । हाल दाङमा नौ सय उन्नाईस जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) बाट ८८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा रहेको छ । दाङको लमहीमा रहेको होलसेल एवम् खुद्रा तरकारी किनमेल हुने धमिला चोकमा भिडभाड देखिएको छ । प्रत्येक दिन गाउँ गाउँबाट छिटुवामा तरकारी बेच्न आएका किसान र स्थानीय व्यापारीको अव्यवस्थित भिडभाड देखिएको हो । मास्क नलगाउने, लगाइहाले पनि राम्रोसँग नलगाउनेको संख्या बढि देखिएको छ । सामाजिक दुरीको पालना नगरी धेरै मानिस एकै ठाउँमा झुम्मिएको पाइएको छ । कतिपय मानिसले मुख देखि तलपट्टि च्यापुमा मास्क लगाएका, मास्क लगाउदा नाकमुख छोपिदा गर्मी हुने भएका भर्खरै तल झारेको जवाफ फर्काउछन् । गर्मी भएकै कारण फुकालेको थिए, लगाउनै भुलेछु, स्थानीय व्यापारी भन्छन् ।

दाङका व्यापारीलाई आफ्नो स्वास्थ्यको भन्दा तरकारी र खाद्यान्न बेच्ने चिन्ता थियो । उनिहरू पनि तरकारी बिक्रि गर्न भिडभाडमा होमिन्छन् । तरकारी किन्न आउने हुन् वा बेच्न आउने हुन् स्वास्थ्य मापदण्ड कसैले पालना गरेको देखिदैन । अहिलेको परिस्थितिमा अनावश्यक भिडभाड गर्नु स्वास्थ्यको लागि हानिकारक रहेको लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जितता महतो बताउनुहुन्छ । उहाँले यस्तो परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी भिडभाड गर्नु राम्रो होइन, भिडभाडमा कसैलाई सङ्क्रमण छ भने अरूलाई पनि सर्न सक्छ, भन्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्