शिवु खनाल
दाङ, १ जेठ ।
जनता समाजवादी पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको भनी सार्वजनिक समाचारको भ्रममा नपर्न पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अपील गरेका छन् ।
दलको नेता चयनका विधि प्रकृया पूरा नगरी आफूखुशी घोषणा गर्दैमा त्यो वैधानिक नहुने नेता राईले स्पष्ट पारेका छन् । नेता चयनका लागि पुर्व राजपा र पुर्व समाजवादी पार्टीको संसदीय दल समायोजन हुनुपर्ने,समायोजनपछि विधान पारित हुनुपर्ने र सो विधानअनुसार संसदीय दलको नेता केन्द्रीय कार्यकारिणी समितिले पारित गर्नुपर्नेमा ती कुनै प्रकृया पुरा नभएको राईले बताएका छन् ।
विधि प्रकृया पूरा नगरी स्वेच्छाचारी ढंगले आफै घोषणा गरिएको नेताले कानूनी मान्यता नपाउने हुंदा भ्रममा नपर्न पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकमा सांसद समेत रहेका राईले अपील गरेका छन् । पार्टीको महन्थ ठाकुर पक्षले हिजो वैठक बसेर महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेको छ । तर उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन ।
पार्टीको केन्द्रीय कार्यकारणी समितिममा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको वहुमत रहेकाले केन्द्रीय समितिले महतोलाई दलको नेता अनुमोदन नगर्ने यादव पक्षको दावी छ ।