जेठ ३, दाङ ।
आज दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ८४ बर्षीया महिलाको राति सवा १२ बजे, तुलसीपुर १८ निवासी ६० बर्षीया महिलाको साढे ८ बजेतिर , तुलसीपुर १० निवासी ५५ बर्षीय पुरुषको दिउसो पौने १२ बजेतिर र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ५५ बर्षीय पुरुषको दिउसो साढे १ बजेतिर मृत्यु भएको हो ।
यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । अहिले अस्प्तालमा ६० जनाको उपचार भइरहेको छ, भने आज ११ जना भर्ना भएका छन् । आज अस्पतालबाट २ जनाको मात्रै डिस्चार्ज भएको छ ।