सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना

    मा प्रकाशित

नवलपरासी ९, जेठ ।
सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना भएको छ ।

दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन् । भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जीपमा १२ जना सवार थिए ।

घाइतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन् । उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं। २ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं। ११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं। १ बस्ने वर्ष २८ का मंगल वि।क, काभ्रेकै बनेपा नगरपालिका वडा नं। ८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं। ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं। २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्