भाैतिक उपस्थितिमा एसइइकाे सम्भावना न्यून, कक्षा १२ र एसइइकाे टुङ्गो यही महिनाभित्र – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

भाैतिक उपस्थितिमा एसइइकाे सम्भावना न्यून, कक्षा १२ र एसइइकाे टुङ्गो यही महिनाभित्र

    मा प्रकाशित

जेठ १०, दाङ ।

भाैतिक उपस्थितिमा एसइइकाे सम्भावना न्यून रहेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठले २०७७ को एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्युन रहेको र कक्षा १२ र एसइइ परीक्षाकाे टुङ्गो यही महिनाभित्र लगाइने बताएका हुन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको १३ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसइई परीक्षा भौतिक उपस्थितिमा हुने सम्भावना न्यून रहेका बताएका हुन् ।

सोही क्रममा उनले भने,‘कक्षा १२ र एसइई परीक्षाको विकल्प बारे छलफल भइरहेको छ ।’
अनेरास्ववियुले मन्त्री श्रेष्ठ समक्ष कक्षा ८ को वार्षिक परीक्षा अन्य विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने, सम्पूर्ण विद्यार्थीहरुको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता हुनुपर्ने, विद्यालयमा भौतिक रूपमा उपस्थितभइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको लागि शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, एक परिवार एक कम्प्युटरको निशुल्क व्यवस्था गर्नुपर्ने लगायत विभिन्न १३ बुँदे माग राखेका छन् ।
संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई सोमबार विभिन्न माग सहितको १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

सोही क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने बताएका हुन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्