लमजुङमा निषेधाज्ञामा चल्ने दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार, चार पाङ्ग्रेलाई ५ हजार – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

लमजुङमा निषेधाज्ञामा चल्ने दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार, चार पाङ्ग्रेलाई ५ हजार

    मा प्रकाशित

जेठ ११, लमजुङ ।
लमजुङ प्रहरीले निषेधाज्ञामा अटेर गरेर सवारीसाधन चलाएको भेटिएमा २ पाङ्ग्रेलाई २ हजार रुपैयाँ र ४ पाङ्ग्रेलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ । निषेधाज्ञ उल्लङ्घ गरेर हिँड्ने जोकसैलाई २ सय रुपैयाँ जरिवाना तोकेको छ ।

 

यो नियम आजबाट लागु हुने प्रहरीले जनाएको छ । निषेधाज्ञामा सवारी चलाएमा जरिवानासहित सवारीसाधनलाई निषेधाज्ञा अवधिभर नियन्त्रणमा राख्ने प्रहरीले बताएको छ ।

 

निषेधाज्ञाको उल्लङ्घन गरेमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । लमजुङमा जेठ २० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्