जेठ १५, दाङ ।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मे २९ अर्थात् ६८ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइने गरिन्छ ।
नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।
पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । कोरोना कहरकाबीच पनि यस वर्ष सगरमाथासहितका हिमाल आरोहण भइरहेको छ ।