जेठ १५, दाङ ।
१४ औँ गणतन्त्र दिवसको अवसरमा दाङका १७ कैदीको कैद छुटेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले गणतन्त्र दिवसको अवसरमा तुलसीपुर कारागारबाट १२ र घोराही कारागारबाट ५ जना कैदीबन्दीको रिहा गरेकी छिन् ।
तुलसीपुरबाट रिहा हुनेहरुमा कर्तब्य ज्यान मुद्दाका ८ जना, सवारी ज्यान मुद्धाका २ जना, ज्यान मार्ने उद्योग र कुटपिट गरी व्यक्ति बेपत्ता पारेको अभियोगका १/१ जना कैदीको कैद मिनाह गरिएको हो ।
त्यस्तै घोराहीबाट कर्तब्य ज्यान, सवारी ज्यान र चोरी मुद्धाका ५ जनाको कैद मिनाह भएको हो । अहिले घोराहीमा ३०८ कैदी छन्, भने तुलसीपुरमा ४७८ कैदी छन् । ती मध्ये २७ महिला र ६ जना बालबालिका रहेका छन् ।